Monday, December 1, 2014

गढीमाई बलिप्रथा हठात् रोक्नुहुंदैन

 
Dr. Jagman Gurung

डा. जगमान गुरुङ नेपाल संस्कृति विश्वविद्यालयअन्तर्गतको राष्ट्रिय सांस्कृतिक अध्ययन केन्द्रका कार्यकारी निर्देशक हुन् त्रिभुवन विश्वविद्यालयबाटनेपाली इतिहास, संस्कृति पुरातŒ विषयमा स्नातकोत्तर उनले भारतको कलकत्तास्थित विश्वज्योतिष विद्यापीठबाटगुरुङहरूमा प्रचलित चिनिया“–तिब्बती ज्योतिषशास्त्रमा विद्यावारिधि गरेका छन् नेपाली इतिहास संस्कृतिसम्बन्धी उनका करिब आधा दर्जन किताब प्रकाशित छन् बलिप्रथाको ऐतिहासिक सांस्कृतिक आयामबारे जानकार उनले नयापत्रिकासगको कुराकानीमा गढीमाईको बलिप्रथाबारे बेलीविस्तार लगाए :


डा. जगमान गुरुङ, संस्कृतिविद्

गढीमाईमा रागाको बलि दिने प्रथालाई रोक्ने अथवा निरन्तरता दिने भन्ने विषयमा अनेक मत आइरहेका छन् भारतको हाइकोर्टले बलि दिने प्रयोजनका लागि भारतका रागालाई नेपाल लैजान नदिन आदेश गरेको थियो भारतको गृह मन्त्रालयले नेपालस सीमा जोडिएका भारतीय राज्य विहार युपीलाई बलि दिने प्रयोजनका लागि हुने रागा तस्करी रोक्न निर्देशन दिएको थियो तर पनि, चोरबाटोबाट हजारौरागा भारतबाट नेपाल ल्याएर बलि दिने काम भयो नेपालको सर्वोच्च अदालतलेसामाजिक सद्भावमा खलल नपुग्ने गरी गढीमाई मेला मनाउन आदेश दिएर बलि दिन छुट गरिदियो
नेपालको सर्वोच्च अदालतको निर्णय अत्यन्तै सुझबुझपूर्ण धार्मिक आस्थास गासिएको चिज ज्यादै संवेदनशील हुन्छ बलिप्रथा हठात् रोक्न खोज्दा अशान्ति मच्चिन सक्छ बलिप्रथा आफ कम हुदै जान्छ, यसका लागि कसैले टाउको दुखाइरहनै पर्दैन पहिलेको तुलनामा यस्तो प्रथा अहिले धेरै कम भइसकेको यस्तो प्रथालाई बिस्तारै कम गर्ने नीति अवलम्बन गर्न भने सकिन्छ

०००

गढीमाईको बलिप्रथाबारे कुरा गर्नुअघि बलिप्रथा के हो भन्ने बुझ्नुपर्छ यो आदिम मानव संस्कार हो पशुपालन गरेर दूध, दही घिउ खान सुरु गर्नुअघिको सिकारी युगमा मानिसले पशुको मासु खाने गथ्र्यो त्यसैले जनावर मार्नु त्यतिवेला आवश्यक थियो ठूलाठूला हिंस्रक जनावर मार्ने व्यक्ति बहादुर कहलिन्थ्यो समाजमा त्यस्ता व्यक्तिको ठूलो मानमनितो हुन्थ्यो त्यस्ता मानिसलाई फेटा गुथाएर, पाती लगाएर गाउपरिक्रमा गराइन्थ्यो
हात्तीभन्दा हिंस्रक मानिएको ैडा सिकार गर्नेको अझ ठूलो इज्जत हुन्थ्यो गैडालाई मारेर त्यसको आन्द्राभुडी झिकी खोक्रो बनेको पेटमा छिर्ने, खाग काट्ने खागमा गैडाको आलो रगत भरेर पितृलाई तर्पण दिने संस्कार थियो यसरी तर्पण दिदा मूल घर, मावली ससुरालीको गरी २१ कुललाई तार्न सकिने विश्वास थियो यो संस्कारले एकाध ठाउमा अझै निरन्तरता पाइरहेको गैडाको खाग भएका ठूला घरानाका नेपालीले अहिले पनि यसैगरी तर्पण दिइरहेका छन् ०२९ सालतिर राजा वीरेन्द्रले पनि गैडाको खागबाटै महेन्द्रलाई तर्पण दिएका थिए

०००

बलिप्रथा युद्ध अभ्यासको अवशेष पनि हो बलि दिन लगाउदा अथवा बलि दिएर रगतपच्छे भएको ठाउमा उभ्याउदा मानिसमा डर भाग्छ उत्तेजना जाग्छ लडाकुमा युद्धउन्माद साहस जगाउन बलि दिन लगाउने अथवा बलि दिने ठाउमा लैजाने गरिन्थ्यो
युद्धको तयारीका लागि सैनिकलाई कवाज खेल्न लगाउने, बोरामा माटो भरेर त्यसमा मुक्का बर्साउन लगाउने, निशाना लगाउनेलगायत चलन संसारभरि पहिलेपहिले जनावरमाथि यस्तो अभ्यास गरिन्थ्यो जनावरमाथि भाला बर्साएर, टाउको काटेर अभ्यास गरिन्थ्यो एकै मारमा टाउको छेदन गर्नु युद्धकौशलको परिचय भएकाले एकै मारमा बलि दिनेको तारिफ गरिन्थ्यो
तान्त्रिक मतअन्तर्गत अरूभन्दा शक्तिशाली बन्ने लक्ष्य राखिन्छ त्यसैले त्यतिवेलाको सन्दर्भमा तान्त्रिक मतअन्तर्गत बलि दिनु उपयुक्त थियो तर, आध्यात्मिक दृष्टिकोणले बलिप्रथा ठीक छैन किनकि, अध्यात्मले ण्ण्ण्पशु मानिस सबैमा आत्मा हुन्छ भन्ने स्वीकार गर्छ

०००

हिन्दू बौद्ध धर्मसंस्कृतिमा बलिप्रथा प्रचलित हिन्दू धर्मको शैवशाक्त मत, बौद्ध धर्मको बज्रयाना मत, थारूको लौकिक मत, सिद्ध परम्परा, तन्त्र आदिमा बलिप्रथाको व्यवस्था
वैद्धिक कालमा बलि दिने संस्कार प्रबल थियो सौत्रामणि बलि याज्ञ अर्थात् यज्ञमा हजारौपशुको बलि दिने चलन त्यतिवेला थियो मानिस पनि पशुअन्तर्गत पर्ने भएकाले मानिसको बलि पनि दिने गरिन्थ्यो पशुमध्ये सबैभन्दा श्रेष्ठ मानिस, मानिसमध्येको श्रेष्ठ ब्राह्मण, ब्राह्मणमध्येको पनि श्रेष्ठ व्रतबन्ध गरेको, तर बिहे गरेर वीर्यपात गरिनसकेको कुमार केटो मानिन्थ्यो त्यसैले, देवीलाई प्रसन्न तुल्याउन त्यस्ता कुमार ब्राह्मणको बलि दिने गरिन्थ्यो अश्वमेध यज्ञमा घोडाको, गोमेध यज्ञमा गाईको नरमेध यज्ञमा मानिसको बलि दिने गरिन्थ्यो त्यसको अवशेषका रूपमा पञ्चबलि दिने चलन अझै विद्यमान
अहिलेजस्तो पशुलाई च्वाट्ट काटेर बलि दिने चलन त्यतिवेला थिएन इति बनस्पतायः भनेर यज्ञकुण्डमा चरु हवन गरेपछि बलि दिएको पशुको मासु हवन गरिन्थ्यो मासु हवन गर्ने चलन अहिले एकाध ठाउमा मात्र भुमेपूजा गर्दा चरु हवनपछि पशुको मुटुकलेजो हवन गर्ने चलन अझै अभ्यासमा
तान्त्रिकहरूले भने बलि दिएको पशुको मासु आफू पनि खाने देउताका लागि यज्ञकुण्डमा पनि होम्ने गर्थे अन्त्यमा टाउको हवन गरिन्थ्यो नेपालका विभिन्न भागमा बलि दिने प्रचलन निकै पहिलेदेखि विद्यमान गोर्खा वंशावलीमालमजुङ कोटको मौलोमा बाधेको सतार रागो फुकेर गोर्खा दरबार पुग्यो भनेर लेखिएको

०००

गढीमाई भनेकी देवी काली हुन् बारा जिल्लास्थित सिम्रौनगढकी काली भएकाले उनलाई गढीमाई भनिएको हो कालीको मूल स्थान कलकत्ताको कालीघाट हो, जुन ब्रह्मपुत्र नदीको पारि कालीघाटबाट गढीमाई हुदै नेपाल मण्डल (काठमाडौं उपत्यका)मा काली मतको प्रवेश भएकाले गढीमाईमा बलि दिने प्रचलन सुरु भएको हो गढीमाईका पुजारी थारू समुदायको हुन्छ कालीको साधना गरे शक्ति आर्जन हुन्छ भन्ने विश्वासमा भक्तालुले कालीलाई प्रसन्न तुल्याउन बलि अर्पण गर्ने गरेका छन्
गढीमाईको बलिप्रथा पौराणिक होइन, तान्त्रिक क्रिया हो त्यसैले पुराणलगायत धार्मिक ग्रन्थ यसबारे मौन छन् यसमा चमार डोमको मुख्य भूमिका हुन्छ बलि दिइएका रागाको मासुमा चमारको विशेषाधिकार हुन्छ चमारले सबै मासु निःशुल्क लैजान पाउछन्, प्रसादका रूपमा
गत शुक्रबार गढीमाईमा हजारौरागाको बलि दिने काम भयो चमार समुदायका केही अगुवालेहामी अबदेखि सिनो उठाउदैनौ भनेर गढीमाई पूजा समितिलाई पत्र बुझाए सित्तैमा जाने मासु ठेकेदारलाई बेच्न पाइयो भन्ने सोचेर समिति मख्ख ¥यो ठेकेदारलाई एक करोड १६ लाख रुपैयामा सबै मासु उठाउने ठेक्का दिइयो तर, बलि दिन सुरु भएपछि चमार समुदायका मानिसले ठेकेदारलाई फलमासु छुनसम्म दिएनन् त्यस्तो मासुमा सदीयौदेखि उनीहरूको विशेषाधिकार त्यहाबाट लगेको मासु उनीहरू बेच्छन्, सुकुटी बनाएर राख्छन् जनजीविकास जोडिएको सवाल भएकाले केही धनीमानी अगुवाले मासु नलैजान गरेको आह्वानलाई उनीहरूले टेरेनन्

०००

गढीमाईमा रागाको बलि दिने ठाउमा काग, चिल गिद्ध परै जाओस्, झिगा पनि लाग्दैन भन्ने सुनेपछि मलाई गढीमाई पुग्न मन लागेको थियो १५ वर्षअघि बलि दिने समय पारेर गढीमाई पुगेर एक साता बसीकन सबै कुरा नियाले
बलि दिने दिन अलिक परै बसेर हजारौरागा काटिएको दृश्य हेरे रागालाई मौलोमा नबाधीकनै बलि दिइदो रहेछ भोलिपल्ट बलि दिने ठाउमा पुग्दा चमारहरू ट्रकका ट्रक रागाको मासु लगिरहेका थिए ठेकेदारहरू छाला लैजादै थिए हाडखोर, आन्द्राभुडी लादी मात्रै थिए, घाटमा गनाएर उख्खपात थियो नाक रुमालले छोपेर भित्रै पसेर मैले चारैतिर हेरे सिनो फोहोर गनाएको तराईको त्यस्तो फोहोर ठाउमा मैले एउटै झिगा पनि देखिन साच्चिकै गढीमाईमा झिगा लाग्दैन रहेछ अचम्म लाग्यो

०००

गढीमाईको मन्दिरदेखि पूर्व करिब १५ मिनेट हिडेपछि धानखेत पुुगिन्छ, जसलाई घाट भनिन्छ त्यही घाटमा बलि दिइन्छ घाटमा पूजा गर्ने एउटा ठाउ यज्ञकुण्डमा बलेको आगोको ताप लप्काले छेउमा राखेको दियो सल्किएपछि बलि दिन सुरु गरिन्छ बनारसको हरिशचन्द्र घाटका डोम राजाको रागो बलि दिएपछि बाकी मानिसले ल्याएका रागाको बलि दिन सुरु गरिन्छ
गढीमाईको बलिप्रथा तन्त्रविधिअन्तर्गतको भएकाले यसमा तल्लो भनिएका जातका मानिसको विशेष महŒ हुन्छ त्यहासिद्धहरूको नृत्य हुन्छ सिद्ध परम्परामा छुवाछूत, उचोनिचो हुदैन ठूलो भनिएका जातका महिलाहरू बाझोपन बात्छामरुवा (छोराछोरी नबाच्ने) समस्याको निदानका लागि देवीसमक्ष प्रार्थना गर्न आउने गर्छन् तल्लो भनिएका जातका मानिसले नृत्य गर्दै ती महिलाले फिजाएर राखेको धोतीमा कुर्कुच्चाले टेक्ने गर्छन् तन्त्रमा छुवाछूत हुदैन

०००

परम्परा बुझिएन भने त्यो गलत बन्न पुग्छ पशुबलिको सन्दर्भमा पनि त्यस्तै भएको देखिन्छ तन्त्रविद्याका मन्त्र ज्यादै जटिल हुन्छन् अर्थ लगाउने योग्य गुरु पाइएन भने अनर्थ हुन्छ बलिप्रथा यस्तै अनर्थ बुझाइको उपज पनि हो
तन्त्रविधिको एउटा मन्त्रमा भनिएको , ‘तिखो सिङ भएको, रातोरातो खा भएको, मानिसलाई हान्न खोज्ने कालो बोकोलाई बिस्तारैबिस्तारै रेटेर छिनाउनु रगत चुहेको, जिब्रो काडेको, फुस्रो खा पर्लक्क पल्टाएको बोकाको टाउको कालीको चरणमा चढाउनु
मन्त्रको आशय नबुझेर मानिसले कालो बोकोलँई त्यसैगरी बलि दिन थाले मन्त्रमा उल्लेख गरिएको कालो शब्द खराब स्वभावको प्रतीक हो रातो खा भनेको अहंकार हान्ने खोज्ने स्वभाव भनेको दुष्ट्याइहो बिस्तारैबिस्तारै रेट्नु भन्नुको तात्पर्य यस्ता खराब स्वभाव एकैपटक छोड्न नसकिने भएकाले बिस्तारैबिस्तारै छोड्नु भनेको हो फुस्रो खा अभिमान नाश भएको प्रतीक हो जिब्रो काड्नु भनेको तृष्णा निस्किनु हो यस्ता दुर्भावनारहित टाउको अर्थात् ज्ञानको प्रतीक कालीको चरणमा टेकाउनु भन्ने मन्त्रको आशय हो
तन्त्रमा पञ्च मकारको कुरा आउ पञ्च मकार अर्थात् मासु, माछा, मद्य (जाडरक्सी), मुद्रा (अनेक खाद्य पदार्थ) मैथुनको उपयोग तन्त्रमा हुनुपर्छ भनेर लेखिएको यस्तो लेखेको फेला पारेपछि तान्त्रिकहरूले माछा, मासु, जाडरक्सी खाएर मस्तस मातेर सम्भोग गर्न थाले तन्त्रको घोर अपव्याख्या भयो
पा मकारले पञ्चतŒ अर्थात्फाइभ कस्मिक पावरतर्फ संकेत गरेको भेउ ती तान्त्रिकले पाउन सकेनन् मासु पृथ्वीको, माछा जलको, मद्य अग्निको, मुद्रा वायुको मैथुन परमात्मास आत्माको अन्तरालम्बनको प्रतीक हो

०००

अहिले बलिप्रथा बन्द गर्नुपर्छ भन्ने कुरा आएको यस्तो कुरा आउनुमा पशुको मायाभन्दा पनि आफ्नो स्वास्थ्यप्रतिको मानिसको चिन्ता मुख्य रूपमा जिम्मेवार मासु खादा रोगी भइन्छ भन्ने विभिन्न अनुसन्धानले देखाइरहेका छन्, जसकारण शाकाहार भोजनतर्फ मानिसको आकर्षण बढिरहेको स्वास्थ्य बिग्रिएला भनेर मासु नखानेहरूले अहिले पशुबलिको विरोध गरिरहेका छन्
एनिमल राइटको वकालत गर्ने बहानामा गढीमाई बलिप्रथाको विरोध गर्ने पश्चिमीहरू क्रिश्चियन धर्मको श्रेष्ठता सावित गर्ने ध्येयबाट परिचालित छन् अमेरिकालगायत पश्चिमी मुलुकले इराक अफगानिस्तानमा मानिसको खुलेआम कत्लेआम गरिरहेका छन् त्यताका अधिकारवादीलाई हत्या गरिएका मानिसको भन्दा यहाबलि दिइएका रागाको बढी चिन्ता पशुप्रतिको प्रेमबाट प्रेरित भएर भन्दा पनि हिन्दू धर्मसंस्कृतिलाई मास्न पाइन्छ कि भनेर उनीहरू बलिप्रथाको विरोधमा अभियान सञ्चालन गरिरहेका छन्

०००

पश्चिममाएनिमल राइटको कुरा उठ्नुभन्दा धेरैअघि पूर्वमा यसको सफल अभ्यास भएको थियो जनावरको बलि दिनुको सट्टा कुसमाण्ड बलि अर्थात् कुभिण्डोको बलि दिने चलन सुरु गरिएको थियो त्यस्तै पूर्णाहुतीमा टाउकोको सट्टा त्यसको प्रतीकका रूपमा सुपारी हवन गर्ने अभ्यास भएको थियो सुपारी मेधका रूपमा जलेपछि त्यसको गारबाट तिलक बनाएर निधारमा लगाउने गरिन्थ्यो    
नरबलि प्रथा अन्त्य गरेपछि यज्ञकर्मको पूर्णाहुतीमा कुमार केटाको टाउकोको सट्टा नरिवल हवन गर्न थालियो नरिवल मानिसको टाउकोको प्रतीक हो नरिवलमा तीनवटा प्वाल हुन्छन् माथिका दुइटा प्वाल खा तलको प्वाल मुखको प्रतीक हो ह्युमेन राइट एनिमल राइटको व्यावहारिक अभ्यास पूर्वमा त्यतिवेलै भएको थियो

०००

पहिले मासु खाने गथेर् १० वर्षयता खान ठ्याम्मै छोडिदिएको छु शक्तिपीठहरूमा बलि दिने, भाकल गर्ने काम पनि छोडिसके बडादसै चैतेदसैमा पुख्र्याैली कोटको मौलोमा बलि दिन भने छोडेको छैन यो पुख्र्यौली संस्कार हो यसलाई नयापुस्तामा हस्तान्तरण गर्दै लैजानुपर्छ भनेर छोराहरूलाई संस्कारको विधि सिकाइरहेको छु

प्रस्तुति : सुजित मैनाली
Photo and text courtesy: Naya Patrika Daily