Sunday, October 16, 2011

असान्दर्भिक पात्र : किरण र गान्धी




सुजित मैनाली

उपयोगीताको सिद्धान्तको अब्बल अभ्यास हुन्छ राजनीतिमा । इतिहासको कुनै विशेष कालखण्डमा विशिष्ठ महत्व र उचाई हासिल गरेको व्यक्ति अर्को चरणमा पुग्दा बेकामे बन्न पुग्छ । राजनीतिमा समय र परिस्थीति ज्यादै निर्मम हुन्छ जसले रगत छउन्जेल मानिसलाई चुसिरहन्छ र रित्तिएपछि पाखामा मिल्काइदिन्छ । मानौ मानिस उखुको खोष्टो हो !

राजनीतिमा उपयोगीताको सिद्धान्त बुझ्न दुई जना पात्रलाई उदाहरणका रुपमा लिन सकिन्छ भारतीय स्वतन्त्रता संग्रामका शिखर पुरुष महात्मा गान्धि र एकीकृत नेकपा माओवादीका उपाध्यक्ष मोहन वैद्य 'किरण' । अिहंसाका पुजारी गान्धी र दश वर्षे शशष्त्र द्वन्द्वका क्रममा भएको रक्तपातका निम्ती नैतिक रुपले जिम्मेवार ठहराइएका किरणबीचको तुलना आफैमा अमिल्दो देखिन्छ । तर उपयोगीताको सिद्धान्तबमोजीम भरपुर उपयोग भएर मिल्किएका र मिल्कने क्रममा रहेका यी दुई पात्रको नियतीले दुबैलाई एकअर्काको नजिक ल्याएको छ ।

महात्मा गान्धी उच्च अध्ययनका लागि दक्षिण अपि्रुका जानु अगावै भारतमा स्वतन्त्रता संग्रामको विजारोपण भइसकेको थियो । तर संग्रामलाई सिद्धान्तीकरण गर्ने र 'क्यारीस्मेटिक' नेतृत्व प्रदान गर्ने व्यक्तिको अभावमा यसले गति लिन सकिरहेको थिएन । गान्धिले दक्षिण अपि्रुका पुगेपछि बुझे - कमजोरले बलियोसँग लड्ने भनेको बाहुबलले होइन वुद्धि र करुणाले हो । अपि्रुकामै उनले यसको आरम्भिक प्रयोग समेत गरे जसलाई उनले शान्तिपूर्ण सत्याग्रहको नाम दिए । आफ्नो प्रयोग आंशिक रुपमा सफल भएपछि भारत फर्किएर उनले यसलाई व्यापक बनाए । 'कहिल्यै सुर्य नअस्ताउने' साम्राज्यसँग लड्ने यो भन्दा उपयुक्त अर्को हतियार थिएन । फलस्वरुप भगत िसंह, सुवासचन्द बोशजस्ता केहि अपवादलाई छोडेर स्वतन्त्रता संग्राममा संलग्न सबैले गान्धिद्वारा प्रतिपादित आन्दोलन पद्दतीमा सहमती जनाए ।

गान्धीले उपनिवेशकालिन भारतमा स्वतन्त्रता राष्ट्रियता र साप्रदायीक एकताको आन्दोलनलाई अकल्पनीय उचाइ दिलाए । उनको उपयोगीता त्यत्तिका लागि मात्रै थियो । उपयोगीता सकिएपछि अन्त्यमा उनी आफ्नै पार्टिद्वारा मिल्काइए जसरी अहिले माओवादी पार्टिले किरणलाई मिल्काउने प्रयत्न गरिरहेको छ ।

किरण र गान्धि काँडैकाडाले भरिएको बाटोमा हिड्ने नियती बोकेका प्राणी हुन् । बगैँचाको मनोरम र आनन्ददायक क्षण उपभोग गर्न जन्मिएका होइनन उनीहरु । हिजो युद्धको बेला पार्टिभित्र सर्वत्र पुजिएका किरण अहिले चारैतिरबाट बहिष्कृत भएका छन् । 'क्रान्ति' उठान गर्न कुनै बेलामा किरणलाई गुरु थाप्ने अध्यक्ष पुष्पकमल दाहाल अहिले पराइलाई मनाउन आफ्नै गुरुको बली चढाउन उद्दत भएका छन् । हिजो माओवादको नेपाली भाष्य तयार गर्ने बेलामा किरणको उपदेयता थियो । नेतृत्व कस्तो हुनुपर्छ संगठनको शक्ति के हो र यसलाई कसरी परिचालन गर्नुपर्छ ? अरुले आफूमाथि सैद्धान्तीक हमला गरेभने यसको प्रतिकार कसरी गर्ने ? सिद्धान्त अथ्र्याएर मानिसलाई हतियार बोक्न कसरी उद्वेलीन गर्ने ? प्रचण्ड को हो र प्रचण्डपथ के हो ? यस्ता विषयमा दाहाल लगायत सम्पूर्ण पार्टिले किरणको विशेषज्ञयताको चरम दोहन गरेका थिए । तर अहिले शशष्त्र द्वन्द्व टुंगीएको छ र माओवादी शान्तिपूर्ण राजनीतिमा अवतरीत भइसकेको छ । हिजोको जंगलको बास (प्रचण्ड, बाबुराम आदिले नयाँ दिल्लीको नोयडामा ुजनयुद्धु का बेला करिब आठ वर्ष बिताएको तथ्यलाई एकछिन बिसर्िदिउँ) को ठाउँमा अहिले अर्बौ मुल्यका आलिशान महल माओवादी नेताका निम्ति ठडिएका छन् । खच्चडको सट्टा लाखौं मुल्यको चिल्ला गाडिले उनीहरुलाई हुइकाइरहेका छन् । यस्तोमा किन चाहियो माओवादीलाई माओवादको नेपाली भाष्य ? सुखसयल र सत्ताको उन्मादले मात्तिएका दाहाल, बाबुराम, जवहलराल नेहरु र बल्लभभाइ पटेलले अझै किरण र गान्धिलाई आदर्श मानेर लामो कठिनाइपछि आइलागेको अवशरलाई किन जोखिममा पारुन ?

पद र पैसाप्रतीको वितराग गान्धि र किरणलाई जोड्ने अर्को पुल हो । भारत स्वतन्त्र भएपछि गान्धि राज्यको कुनै पदमा आसिन भएनन् । किरणले सभासदको पद त्यागे मन्त्री अथवा प्रधानमन्त्री बन्ने लालसा कहिल्यै देखाएनन् । अप्ठेरो परेको बेला दुलो पसी अनुकुल समयमा फुत्त निस्केर तर मार्ने नारायणकाजिजस्ता अवशरबादका नाइकेको बोलाबोल रहेको बेला किरण पार्टिभित्रबाटै परित्यक्त हुन्छन् भने यसमा आश्चर्य मान्नुपर्ने कुरा नै के छ र ?

भारत स्वतन्त्र नभएसम्म जवहरलाल नेहरु र बल्लभभाइ पटेल गान्धिलाई 'बापु' भन्दै उनको पाउ मुसार्थे । 'बापु' निन्दाएको बेला उनको गोडा मिच्थे र आर्शिवादको याचना गर्थे । तीनै नेहरु र पटेलले भारत स्वतन्त्र भएपछि गान्धिलाई टेरेनन् । भारत-पाकिस्तान विभाजनको बेला भारतले पाकिस्तानलाई ७५ करोड रुपैयाँ तिर्नुपर्ने भएको थियो । पहिलो चरणमा पाकिस्तानले २० करोड रुपैयाँ लिइसकेको थियो । बाँकी पैसा माग्दा नेहरु र पटेलले दिन अस्विकार गरे । त्यतिबेला काश्मिरमा भारत-पाकिस्तान लडाइ जारी थियो । भारतबाट पाउने पैसा पकिस्तानले हतियार खरिद गर्न खर्च गर्ने भय उनीहरुलाई थियो । पाकिस्तान आफ्नै पैसाबाट वाचीत भएको स्थीति गान्धिका लागि सैह्य थिएन । स्वतन्त्र भएलगत्तै भारतले झुट र कपटलाई राज्य साचालनको आधार बनाएपछि गान्धिले यसको विरोध गरे । आफ्नो विरोधलाई नेहरु र पटेलले टेरपुच्छर नलाएपछि गान्धि आमरण अनसनमा बसे । हिजोसम्म 'भगवान' मानेको ७८ वर्षिया वृद्धलाई उनीहरुले हप्तौंसम्म भोकै राखे ।

ओटो भन विस्मार्क उपयोगीताको सिद्धान्तबमोजिम चुसिएका अर्का एतिहासीक पात्र हुन् । उनले जर्मनीको एकीकरण गरे र युरोपको शक्ति सन्तुलनलाई आफ्नो राष्ट्रको अनुकुल बनाए । उनकै पालामा जर्मन ज्यादै शक्तिशाली भयो । तर अन्त्यमा विस्मार्कलाई प्रुान्स र बि्रटनको बेगसँग हिँड्न नसक्ने अयोग्य व्यक्ति ठहराइयो । कैसर विल्हेल्म द्धिृतीयले 'अयोग्य' हुन पुगेका विष्मार्कलाई पदच्युत गरी पहिलो विश्वयुद्धको सङ्खघोष गरे र जर्मनलाई बर्बाद पारे । त्यस्तै सन् १९१७ मा रुसमा बोल्सेभिक क्रान्ति हुँदा लाल सेनाको सर्वोच्च कमान्ड सम्हालेका लियोन ट्राटस्की सत्ता कब्जा भइसकेपछि अवािाछन हुन पुगे । क्रान्तिसम्बन्धी उनको परिभाषालाई अपूर्ण र माक्स्रवादविरोधी ठहराइयो । उनी देशनिकालामा परे र अन्त्यमा मारिए ।

प्रतिकुल समयमा उपयोगी हुने जिव सामान्य जीवनमा सान्दर्भिक नहुन सक्छ । राजनीतिमा अक्सर यस्तो हुने गर्छ । दोस्रो विश्वयुद्धमा आफ्नो अलौकीक नेतृत्वदायी क्षमताको उपयोग गरेर नाजी जमर्नी र फासिष्ट इटालीलाई पराजित गर्ने बि्रटेनका प्रधानमन्त्री सर विन्स्टन चर्चिल युद्ध समाप्त नहुँदै कुसर्ीबाट खँदारिए ।

राजनीतिको यस्तो निर्मम सिद्धान्तबाट नेपाल मात्र अछुतो हुने कुरै आउँदैन । त्यसैले किरणलाई आदर्शवादी अव्यवहारीक समयअनुसार चल्न नसक्ने हठि जडसुत्रवादी स्वैरकल्पनाबादी आदि भएको आरोप लगाइँदैछ । र तिनै जडसुत्रबादीले हुर्काएको बोटको फल टोक्ने दाहाल भट्टराई र नारायणकाजीलाई व्यवहारीक भनि पुजा गरिँदैछ । अहिलेको संसार किरण र गान्धिको होइन । यहाँ 'व्यवहारवाद' का नाइकेहरुका लागि मात्र स्थान छ ।

(हिमालय टाइम्स राष्ट्रिय दैनिकमा प्रकाशित)

साम्राज्यवादको छद्म हुँकार



सुजित मैनाली

साम्राज्यवादी विर्य र विस्तारवादी डिम्बको ुफ्युजनुबाट जन्मिएको सरकारले अन्ततः आफ्नो असली रुप देखाएरै छाड्यो । रक्षामन्त्री शरदिसंह भण्डारीले नेपाललाई टुक्राउने धम्की दिनु अनपेक्षित थिएन । तर उनको अभिव्यक्तिप्रती प्रधानमन्त्री डा. बाबुराम भट्टराईले साधेको मौनता भने धेरैले अपेक्षा गरेभन्दा विपरीत छ । यसलाई राष्ट्रसंघ महासभामा सहभागि हुन जाँदा न्युयोर्क बसाइका क्रममा लागेको बोसोको परिणती मान्नु पर्ला !

शरदिसंहको विखण्डनबादी अभिव्यक्ति सुनेर दिल्लीका उनका 'सेठ' हरु झस्किए होलान् । मध्य र दक्षिण एसियामा फुटको बिउ छर्न खोज्ने बाह्य शक्ति यसबाट उत्साहित भयो होला । चीनको उदयलाई छोप्न र अफगानिस्तानमा स्थीरता बाहली गर्ने बहानामा निर्माण भएको भनिएको भारत-अमेरिका रणनीतिक साझेदारीले नेपालमा विपरीत धार समात्न पुग्दा राजनीतिशाष्त्रका विद्धानहरुले समेत निधार खुम्चाए होलान् ।

लिट्टेमार्फत श्रीलंकामा विस्तारवादी नीति लागू गर्न खोज्दा साम्राज्यवादी घुसपैठ भएर तमिलनाडु झन्डै छुट्टिएको त्रासद अनुभव दिल्लीले यति चाँडै बिसर्िने कुरै आएन । त्यसैकारण श्रीलंकाली राष्ट्रपति महिन्दा राजापाक्षेले चिनियाँ तथा पाकिस्तानी हतियार भित्राएर प्रभाकरणको वध गर्दा समेत भारतले जयललिता र करुनानिधीमार्फत तमिलनाडुको चित्त बुझाउनका लागि राजापाक्षेको विरोध गरेझैं देखाएपनि राजापाक्षेलाई असहयोग गर्ने धृष्टता गरेन । उता अमेरिका युरोपेली महासंघदेखी स्केन्डिनेभियन राष्ट्रहरु राजापाक्षेविरुद्ध अिरंगलको गोलो बनेर खनिए । युरोपले श्रीलंकाली पस्मिना आयातमा प्रतिबन्ध लगायो, अमेरिकाको राज्यस्तरको अदालतले राजापाक्षेविरुद्ध 'एरेष्ट वारेन्ट' जारी गर्यो । राजापाक्षेलाई अन्तर्राष्ट्रिय फौजदारी अदालतमा अभियोजन लगाउनुपर्ने एकाध नारा नेपालमा पनि गुिाजए । सार्वजनिक उपभोगका लागि भारतले श्रीलंकामा विखण्डनवादविरोधी युद्धका क्रममा भएका मानवअधिकार उल्लंघनका घटनामा चासो देखाएजस्तो गरेपनि अन्त्यमा राजापाक्षेका लागि नयाँ दिल्लीमा रातो कार्पेट बिछ्याइ छोड्यो । एउटा छिमेकी राष्ट्रमा साम्राज्यवादी घुसपैठको अवसान भएलगत्तै 'इण्डो-गंगेटिक' भूभागको सुरक्षासँग प्रत्यक्ष सरोकार राख्ने उत्तरको छिमेकी राष्ट्रमा साम्राज्यवादको अवशेष सलबलाउन खोज्दा नयाँ दिल्लीको कत्रो 'निन्द हराम' भयो होला !

विस्तारवादी आवरणमा बनेको यो सरकारको नसामा साम्राज्यवादी रगत बग्दैछ भन्ने कुराको गतिलो उदाहरण शरदिसंहको अभिव्यक्ति बन्न पुगेको छ । शरदिसंहले सोच-विचर गरिकन त्यस्तो अभिव्यक्ति नदिएका होलान् । तथापी अनायसै यस्तो विचार ओकाल्ने जुन प्रकारको मनोविज्ञान उनीभित्र विकसीत भयो त्यो झन सघन र खतरापूर्ण छ । किनकी सिग्मण्ड प्रुयडले भनेझै मानिसको वास्तवीक व्यक्तित्व उसको चेतन नभई अवचेतन मनले निर्धारण गर्छ ।

सन् २००९ को अन्त्यमा अमेरिकी राष्ट्रपति बाराक ओबामाले चीन भ्रमणका क्रममा काश्मिर विवाद समाधानमा चिनियाँ भुमिकालाई अनुमोदन गरेका थिए । ओबामाको यस्तो कदमप्रती भारतले कडा आपत्ति जनाउँदा उनले लगत्तै नयाँदिल्ली पुगेर दक्षिणपूर्वि एसियामा भारतीय भुमिकालाई आफ्नो समर्थन रहने आवश्वासन दिएर भारतलाई शान्त पार्न खोजेका थिए । यी दुई एसियाली शक्तिबीच 'भाले भिडन्त' आयोजना गरेर आनन्द लिने ध्येय मात्र थिएन, ओबामाको । चीन-भारत कटुतालाई प्रवर्दन गरी यस क्षेत्रमा फुटको विजारोपण गर्ने जमर्को उनको अभिव्यक्तिमा सन्निहित थियो ।

नपत्याए काश्मिर विवादमा अमेरिका र बि्रटेनसँग भारत किन तसर्िन्छ त्यत्ति बुझे पुग्छ । पाकिस्तानले परमाणू हतियार उत्पादन गरेपछि काश्मिरको शक्ति सन्तुलन डगमगाउन पाएन । पाकिस्तानलाई परमाणु हतियार उत्पादन गर्ने अथाह धन कसले दियो ? उसकै तथाकथित साझेदार राष्ट्र अमेरिकाले होइन ? यस कारण काश्मिर विवादमा बाह्य पक्षको संलग्नता अस्विकार गर्नुलाई भारतले आफ्नो 'बटम लाइन' बनाएको छ । नेपालको शान्ति प्रकि्रयामा सघाउ पुर्याउने बहानामा राष्ट्रसंघिय मिसन अनमिन आउँदा नेपालको पहाडै पहाड हुँदै साम्राज्यवादको एजेन्ट काश्मिरसम्म पुग्ला भन्ने भयले भारतले माधव कुमार नेपाल र सुशिल कोइरालालाई प्रयोग गरेर राष्ट्रसंघलाई दक्षिण एसियाबाट धपाएको होइन ?

नेपाल टुक्राउने नीति भारतको होइन । यदि कुनैबेला यस्तो नीति उसले बनाएको थियो भने पनि अहिले परिवर्तन गरिसकेको छ । ु'मोग्राफिक इन्जभेजन' (जनसंख्यीक आक्रमण) र संस्कृतिक अतिक्रमणमार्फत नेपालमाथिको नियन्त्रणलाई स्थायित्व दिलाउन सकिन्छ भन्नेमा भारत विश्वस्त छ । यस्तोमा भारतसँग सिमा जोडिएका २२ वटा जिल्लालाई नेपालबाट अलग गराउने शरदिसंहको अभिव्यक्तिले काठमाडौंलाई भन्दा बढि नयाँ दिल्लीलाई बेचैन बनाएको छ ।

शदरदिसंहको साम्राज्यवादी हुँकारमा सन्निहित सन्देश डरलाग्दो छ । काठमाडौंलाई जाकर्ताको नियती भोग्न बाध्य बनाएर पूर्वी पहाडलाई इष्ट टिमोर बनाउने, तराइ मधेसलाई दक्षिण सुडान बनाउने र यसको तरंगलाई विस्तार गर्दै चीन भारत पाकिस्तानसहित समग्र दक्षिण तथा मध्य एसियालाई 'बाल्कनाइजेशन' को प्रकि्रयामा लाने साम्राज्यवादी 'ग्रान्ड डिजाइन' को संकेत उनको हुँकारबाट मिलेको छ । यस्तो 'ग्रान्ड डिजाइन' बुझ्न कि्रश्चियन धर्म प्रचार र समावेशीका नाउँमा जातियता प्रवर्दन गर्न पश्चिमबाट निरन्तर रुपमा भित्रिरहेको डलको ओइरोको उद्देश्य पहिल्याउनु मात्र पनि पर्याप्त हुन्छ । नेपाली राजनीतिमा भारतले क्षेत्रीयतालाई जोड दिइरहेको बेलामा चरम जातीकेन्द्रित भावना कसरी छ्याप्छ्याप्ती हुन पुग्यो ? के यो साम्राज्यवादद्धारा पालित-पोसित तथाकथित राजनीतिक दल नागरिक समाज र मानवअधिकारवादीको डलरप्रेरीत निष्ठाको उपज होइन ?

अझ प्रष्ट हुन अमेरिकाले बेइजिङप्रती असन्तुष्ट चीनभित्रका जातिय समुहसँग राखेको सम्बन्धपट्टि हेर्नु वााछनिय हुन्छ । आतंकवादविरुद्धको युद्धमा आफूसहित सम्पूर्ण विश्वलाई होमेको अमेरिकाले सिन्जियाङका उइगुर सुन्नी मुसलमान अतिवादीहरुलाई सहयोग गरिरहेको छ । उइगुरको पृथक्तावादी अभियानका अगुवाहरुले अमेरिकामा कार्यलय स्थापना गरी विश्वव्यापी रुपमै अभियान साचालन गरिरहेका छन् । साम्राज्यवाद बडो चतुर हुन्छ । यस्तो विरोधाभाषपुर्ण अवस्थालाई पनि उसले बडो कुशलताका साथ समन्वय गरिरहेको छ ।

'इसाइ साम्राज्य' विस्तारको एकसुत्रिय एजेन्डामा लागि परेको अमेरिका र युरोपेली महासंघले दलाई लामाको 'स्वतन्त्र तिब्बत आन्दोलन' लाई खुला रुपमै सहयोग गरिरहेका छन् । इसाइ धर्मका लागि सबैभन्दा ठूलो जोखिम बन्न पुगेको बौद्ध धर्मलाई साम्राज्यवादी सहयोग हासिल हुनु आफैमा असामन्जस्यपूर्ण स्थीति हो । तरपनि साम्राज्यवादले बडो चर्तुयाइका साथ आफ्नो एजेन्डा लागू गरिरहेको छ । तिब्बतमा चीनलाई थोरै मात्रामा गलाउन सकियो भने सिन्जियाङ, माचुरीया र भित्रि मंगोलियाजस्ता चीनका सिमान्त भूभागमा विप्लव मच्चाउने हङकङदेखी मकाउसम्मको अन्तरविरोधमा खेल्ने र चीनलाई धुजाधुजा गराउन सकिने सम्भावनालाई साम्राज्यवादले बडो मिहिनपूर्वक नियालीरहेको छ । यसो भएको खण्डमा पश्चिमको आर्थिक तथा धार्मिक साम्राज्यवादको प्रतिरोध गर्नसक्ने कुनै शक्ति एसियामा बाँकी रहने छैन । यस्तो अवस्थामा मध्य तथा दक्षिण एसियाको साँधमा रहेको मुलुक नेपालमा जातियताका आधारमा विखण्डनको वकालत गर्ने सबै सामाज्यवादका भरिया हुन् । आवरणमा उनीहरु विस्तारवादका एजेन्ट देखिन्छन् भने त्यो हेर्नेकै दृष्टिदोष हो ।


(हिमालय टाइम्स राष्ट्रिय दैनिकमा प्रकाशित)