
सुजित मैनाली
दिल्ली दौड र माओवादी हठ एकैपटक जबरजस्त ढंगले सतहमा आएपछि सत्तासमीकरणमा फेरबदल हुने आशंका उब्जिएको छ । माओवादी र सरकार पछि हट्नै नसक्ने स्थितिमा पुगेको बेला नेताहरूले सुरु गरेको 'दिल्लीधाम यात्रा' बाट कस्तो 'प्रसाद' मुलुक भित्रिने हो, यसको अड्कलबाजीसमेत सुरु भइसकेको छ ।
माओवादीले उच्चस्तरीय चीन भ्रमण गरेपछि आन्दोलनलार्इ सशक्त ढंगले सडकमा ओरालेको हो । त्यसैले, अबको सत्ता समीकरणमा हुने फेरबदलमा नयाँदिल्लीले विगतको भन्दा अझ बढी चासो प्रदर्शन गर्ने निश्चित छ । सञ्चार माध्यमहरूले सतहमा ल्याएको जानकारीअनुसार चिनियाँ राष्ट्रपति हुजिन्ताओले माओवादी प्रतिनिधिमण्डलसँगको पछिल्लो भेटमा प्रचण्डलार्इ पहिलो प्रश्न गरेका थिए, 'तपार्इंले प्रधानमन्त्रीबाट राजीनामा किन दिनुभयो ?' आसन्न चीन भ्रमणको मिति पर धकेली चीनसँग गर्ने भनिएको शान्ति तथा मैत्री सन्धिलाइ रद्दीको टोकरीमा मिल्काउन अनि एवं रितले नयाँ दिल्लीको आशीर्वाद प्राप्त गरिरहन माओवादीले उठाएको कटवाल प्रकरण कालान्तरमा उसकै सरकारका निम्ति प्रत्युत्पादक भएको यथार्थ कुटनीतिमा चतुर चीनले नबुझ्ने कुरै आउँदैन ।
कुमालेले घैला मजबुत बनाउन यसलाइ कुट्छ । तर घैला नफुटोस् भन्नेप्रति समेत उसको कुटाइ त्यति नै संवेदनशील हुन्छ । राष्ट्रपति हुको प्रश्नमा पनि प्रहार र संवेदनशिलताका दुइ भिन्न अर्थ सन्निहित थिए । एउटा माओवादीलार्इ 'अबदेखि हामीलार्इ मूर्ख बनाउने चेष्टा गर्लाओ' भन्ने कुटनीतिक धम्की । अर्को, नेपालमा माओवादी नेतृत्वकै सरकार बनोस् भन्ने चिनियाँ चाह । गिरिजा सरकारका पालामा स्वतन्त्र तिब्बतका समर्थकहरूले चिनियाँ दुतावासमै झण्डा गाडेको, अनि माकुने सरकारले दलाइ लामासँग अर्थपूर्ण राजनीतिक भेटवार्ता गरेका सभासद्हरूसँग आधिकारिक प्रष्टिकरण नमागेको स्थितिभन्दा प्रचण्ड सरकारले स्वतन्त्र तिब्बत समर्थकहरूको गतिविधिमा लगाएको 'तुलनात्मक नियन्त्रण्' चीनका लागि प्रिय थियो । आफूप्रति चीनको यस्तो 'सन्तुलित सदीच्छा' महसुस गरेपछि माओवादीले नागरिक सर्वोच्चतालार्इ ओझेलमा पार्नेगरी आफ्नै नेतृत्वमा सरकार गठन हुनुपर्ने अडान राखेको छ । यसरी राष्टिर्यता, नागरिक सर्वोच्चता र आफू नेतृत्वको सरकारको वकालत गर्दै सुरु भएको माओवादी विरोध अहिले फगत सत्ता प्राप्तिमा सीमित भएको छ । अरू दललाइ 'विदेशीको रिमोटबाट सञ्चालित भएको' प्रचण्डको आरोपलाइ यो भन्दा गतिलो झापड अरू के हुन सक्ला र ?
चीनमा नेपाली नेताले पाइलै नटेकून भन्ने आफ्नो इच्छालाइ बेवास्ता गर्दै माओवादी र चीनबीच रणनितिक साझेदारीको सम्भावना प्रकट भएपछि नयाँ दिल्ली यसबाट निकै आहत भएको छ । यसअघि नै माओवादी व्यवहारप्रति भारत सशंकित रहँदै आएको थियो । त्यसमाथि उनीहरूको गतिविधिमा बेइजिङको समर्थन महसुस गरेपछि भारत थप सतर्क हुनु स्वाभाविक नै हो । राजा वीरेन्द्र बेइजिङ भ्रमणबाट फर्किएपछि नेपालको शासन प्रणालीमा परिवर्तनको संकेत देखिन लाग्दा दरबार हत्याकाण्ड भएको यथार्थ सचेत नेपालीको मनसपटलमा ताजै छ । यसबाट प्रस्ट हुन्छ, भारत अरू सब सहन सक्छ, नेपालमा चीनको सक्रियता उसलाइ कुनै पनि हालतमा स्वीकार्य छैन ।
त्यसैले, अहिलेकै स्थीतिमा माओवादी सत्तामा आएको हेर्न नयाँदिल्ली कदापि तयार हुनेछैन । उसको यस्तो मनस्थितिलार्इ भारतमा जारी नक्सलवादीहरू आन्दोलनले बाध्यतामा परिणत गरिदिएको छ । भारतको आन्तरिक सुरक्षाको सबैभन्दा ठूलो चुनौती नक्सलवादीहरूको बढ्दो सक्रियता रहेको स्वयं भारतका प्रधानमन्त्रीले स्वीकार गरिसकेका छन् । त्यसैले, नक्सलवादीहरूमाथि हुन गइरहेको दमनलार्इ थप सशक्त बनाउन नयाँदिल्ली नेपालमा समेत माओवादीको भूमिका खस्केको हेर्न चाहन्छ । माओवादीलाइ सत्तामा उक्लिन नदिन भारतले नक्सलवादीको हाउगुजीलाइ हतियार बनाउनेछ ।
नक्सलवादी र नेपाली माओवादीबीच सैद्धान्तिक इतरका सम्बन्धको 'प्रोपोगण्डा' माओवादी सरकार गठनको मार्गमा भाँजो सावित हुने भारतीय विश्लेषण् छ । यस दिशामा उसले आफ्ना गोटीहरूसमेत परिचालन गरिसकेको छ । भर्खरै भारतका गृहमन्त्री पि. चिदम्बरमले 'नक्सलवादीहरूलार्इ बंगलादेश, बर्मा र नेपालबाट हतियार सहयोग मिलिरहेको' भनी दिएको प्रतित्रिmया भारतको यसै रणनीतिको एक हिस्सा हो ।यस रणनीतिलाइ थप प्रभावकारी बनाउन भारतले नक्सलवादीका लागि नेपालमाफत चिनियाँ हतियार भिझकाइएको अर्को 'प्रोपोगण्डा' फिजाएको छ ।
हतियारको यस्तो 'आपत्तजिनक आपूर्ति' नियन्त्रणका नाउँमा चीनबाट कलकत्ता बन्दरगाह हुँदै नेपाल भित्रिने कन्टेनरमा भारतले कडा निगरानी राख्न सुरु गरेको समाचार सतहमा आइसकेको छ । माओवादीलाइ सत्ताबाट टाँढा राख्ने भारतीय रण्नीतिको यो अर्को कडी हो । आवश्यक रुपैयाँको बन्दोवस्थ गर्न सके भारतीय बजारमा आन्तरिक विग्रहका लागि आवश्यक जति पनि हतियार पाउन सकिन्छ । हतियारका लागि नक्सलवादीलाइ नेपाली माओवादीको सहयोग आवश्यक छैन । नक्सलवादी र माओवादीबीचको सम्बन्धमा चीनको संलग्नता देखाइ विषयलाइ थप गम्भीर बनाउने दिशामा नयाँ दिल्ली लागीपरेको छ । नेपालका माओवादीसँग कति हतियार छन्, त्यो नयाँदिल्लीलार्इ थाहा छ किनकि गृहयुद्धताका माओवादीलाइ उसैले हतियार उपलब्ध गराएको थियो । नेपालबाट हतियार भारत जानु भनेको 'घुमीफिरी रुम्जाटार' भनेजस्तै हो, कुनै आपत्तिको विषय यो हुँदै होइन । तर पनि, यस विषयको गाम्भीर्यतालारइ थप उचाल्न भारतीयहरू नेपाल-भारत सिमानामा पर्खाल लगाउने धम्की दिँदैछन् । १९५० नेपाल-भारत सन्धिको पहिलो बुँदामा 'नेपाल र भारत दुवैले एकअर्काको सम्प्रभूता, राष्टि्रय अखण्डता र एकतालाइ स्वीकार गर्न मञ्जुर गर्दछन्' भनी उल्लेख गरिएको प्रावधानले नेपालको राष्टि्रयता सम्बर्दनमा जुन योगदान पुर्याएको थियो, नेपाल-भारत सीमामा पर्खाल उठाउने कदमले नेपालको राष्टि्रयता जगेर्नामा त्योभन्दा ठूलो योगदान पुर्याउनेछ । सीमामा पर्खाल उठ्नु नेपालको दीर्घकालीन हितको विषय हो । यस दिशामा भारत भाषणमा मात्र सीमित नहोस् भन्ने पंङक्तिकारको आग्रह छ ।
नेपालका माओवादी र सत्ताबीचको दूरी थप बढाउन भारतले नक्सलवादीको हाउगुजीका अलावा नेपालका राजनीतिक हस्तीहरूलाइ खेलाउने नीतिसमेत लिएको छ । यसका लागि वर्तमान सरकारको स्थायित्वमा क्रमश: सदनबाट र सडकबाट प्रश्नचिह्यन उठाउन सक्ने क्षमता भएका झलनाथ खनाल र उपेन्द्र यादवसँगको सहकार्य नयाँदिल्लीका लागि अत्यावश्यक छ । यसै सहकार्यका लागि खनाल र यादव दिल्लीधामतफ लागिसकेका छन् । यसअघि नै उपेन्द्र यादवको दलले सरकारमा सहभागी हुने छाँटकाँट देखाइसकेको छ । खनालको प्रधानमन्त्री/कुर्सी मोहलाइ भारतले जति सशक्त ढंगले सम्बोधन गर्नसक्छ, माओवादी उत्तिनै ओझेलमा पर्दै जानेछ । त्यसैले चीन निकट मानिएका झलनाथ खनाललाइ आफ्नो पकडमा लिनु भारतको अहिलेको आवश्यकता हो । त्यसपछि मात्र नेपालका प्रजातान्त्रिक शक्तिहरूबीचको समन्वयमाफत माओवादी हैसियत कटौती होस् भन्ने नयाँ दिल्लीको इच्छाले मूर्तरूप पाउनेछ ।
(My comment on the ongoing power-politics of Kathmandu)







